भारतकी नर्स भाइरल बनिन् सामाजिक संजालमा, प्रधानमन्त्री मोदीले पनि गरे सेयर |
हाल भारतकी एक नर्सको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । यी नर्स पुनेको सासुन अस्पतालको आईसीयुमा कार्यरत छिन्। सो भिडियो करिब २० दिनसम्म अस्पतालमा कोरोना भाइरसका बिरामीहरुको सेवा र उपचारपछि घर फर्केकी नर्सकोे हो ।
भाइरल बनेको भिडियोमा राजश्री, भोसारीमा रहेको आफ्नो अपार्टमेन्टतर्फ आइरहेको देख्न सकिन्छ जहाँ उनका परिवार र छिमेकीले ताली बजाउँदै फूल छर्केर उनको स्वागत गरेका छन् ।उनी आफ्ना परिवार र छिमेकीलाई देखेपछि निकै भावुक भएको यस भिडियोमा देख्न सकिन्छ ।
सामाजिक संजालमा हाल सो भिडियो कोभिड १९ विरुद्ध खटेका स्वस्थ्यकर्मीहरुलाई सम्मान स्वरुप सेयर गरिएको छ ।
यस भाइरल भिडियो शुक्रबार दिउँसो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सेयर गरेका छन् ।उनले ’यो भारतको भावना हो’ भन्दै उक्त भिडियो सामाजिक संजालमा सेयर गरेका हुन् ।



