महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार | कैलाली र कञ्चनपुर नाकाबाट अझै उद्धार भएन
कैलाली । महाकालीपारि अलपत्र परेका २६ सय नेपाली स्वदेश भित्रिएका छन् । बिहीबार रातिसम्म बैतडी र दार्चुलाको सीमापारि अलपत्रपरेका २५ सय ९५ जनाको उद्धार गरिएको हो ।
एकैदिन दार्चुलापारि धार्चुलाबाट १ हजार २९६ जनाको र बैतडीपारि पिथौरागडबाट १ हजार २९९ नेपालीहरुको उद्धार गरिएको हो ।
भारतको क्वारेन्टाइनमा बसेर आएका नागरिकलाई १४ दिन र त्यहाँ नबसेकाहरुलाई २१ दिन क्वारेन्टाइनमा राख्ने निर्देशनसहित जिल्ला पठाइएको उनले जानकारी दिए ।
बैतडीपारि उद्धार गरिएका नागरिकहरुलाई पनि बिहीबार रातिनै घर पठाइएको छ ।
कैलाली र कञ्चनपुर नाकाबाट अझै उद्धार भएन
बिहीबार बैतडी र दार्चुला नाकाबाट २६ सय नागरिकको उद्धार गरिए पनि कैलाली र कञ्चनपुर नाकाबाट भने नेपाली नागरिकको अझै उद्धार हुन सकेको छैन ।
एक महिन अघिदेखि कैलालीको गौरिफन्टा नाकापारि १२० जना नेपाली अलपत्र छन् । भारतको पलियामा अलपत्र परेका नागरिकहरुको उद्धारका बिषयमा अझै निर्देशन नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।
उता कञ्चनपुर पारि चम्पावतमा पनि २ सय जना भन्दा बढी नेपाली अलपत्र छन् । एक महिनादेखी अलपत्र ती नेपालीहरुको पनि उद्धार हुन सकेको छैन । उपल्लो निकायबाट निर्देशन नआएको हुँदा उद्धार हुन नसकेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए ।
‘उनीहरुको तथ्यांक संकलन गरेका छौँ । तर उद्धार हुन सकको छैन,’ उनले भने, ‘माथिबाट निर्देशन आएको छैन ।’
Visited 1 times, 1 visit(s) today


