दुई जनामा कोरोनाभाइरस संक्रमणको पुष्टी, संक्रमितको संख्या ५९ पुग्यो |
काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालका कूल संक्रमितको संख्या ५९ पुगेको छ । यसमध्ये हालसम्म १६ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Visited 1 times, 1 visit(s) today


