मोबाइल फोन इम्पोर्ट एसोसियशनद्वारा नेपाली सेनालाई १० हजार थान मास्क हस्तान्तरण |
काठमाडौं । कोभिड– १९ महामारी नियन्त्रण गर्ने गर्ने सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्ट एसोसियशनले नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयलाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ ।
भद्रकाली स्थित नेपाली सेनाको मुख्यालयमा आयोजित समारोहमा एमपीआइएका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरे ।
अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड–१९को महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।
Visited 1 times, 1 visit(s) today


