कोभिड–१९ को संक्रमनबाट भारतमा एकै दिन २८ जनाको मृत्यु, सात सय संक्रमित |
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ ।
त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा गरी अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएका छन् ।
बितेको २४ घण्टामा भारतमा सात सय चार जनामा कोभिड १९ को सक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार ६ अप्रिलमा देशभर एक लाख एक हजार ६८ जनामा कोभिड १९ संक्रमणको परीक्षण गरिएको थियो ।
Visited 1 times, 1 visit(s) today


