केएल दुगड समुहद्वारा नेपालगन्ज कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री बितरण |
नेपालगन्ज । केएल दुगड समुहले बांके जिल्लाको कोहलपुर नगरपालिका ७, १४ तथा १५ मा ४०० परिवारलाई खाद्यान्न सामग्री बितरण गरेको छ ।
समुहले ती परिवारलाई चामल १० केजी, चक्की आटा २ केजी, दाल १ केजी, चना १ केजी र धारा तोरी को तेल १ लिगर गरी कुल १५ केजी को फेमिली प्याक गरीब, असहाय, अपाङगहरुलाई वडा कार्यालयको समन्वयमा बितरण गरेको हो ।
कोरोना महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस भनेर दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने, असहाय, गरीब परिवार हरुलाई वडा कार्यालयले पहिचान गरेको तथा समन्वयमा खाद्य सामाग्री बितरण गरेको केएल दुगड समुहका प्रदिप छाजेडले बताए ।



