नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने एडीबीले गर्यो प्रक्षेपण |
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा परिरहेका बेला यसको असर नेपालको आर्थिक वृद्धिमा पनि देखिएको छ ।
शुक्रबार एडीबीले ‘एसियन डेभलपेन्ट बैंक आउटलूक २०२०’ जारी गर्दै कोभिड १९ को कारण नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।
उक्त प्रतिवेदन अनुसार सन् २०२१ मा नेपालले ६.४ प्रतिशतको वृद्धि हासिल गर्नेछ ।
यसैगरी मुद्रास्फिती सन् २०२० मा ६ र सन् २०२१ मा ५.५ प्रतिशत रहने एडीबीले जनाएको छ ।
समग्र विकासशील एशियाली मुलुकहरुको आर्थिक वृद्धि सन् २०२० मा २.२ प्रतिशत र सन् २०२१ मा ६.२ प्रतिशत हुने एडीबीको प्रक्षेपण रहेको छ ।
दक्षिण एशियाको अर्थतन्त्र २०२० र २०२१ मा क्रमशः ४.१ र ६ प्रतिशतले विस्तार हुने एडीबीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।


