कोरोना कोषमा सेलवेज र सेल्सवेरीद्वारा २५ लाख सहयोग घोषणा, घर घरमा अत्यावश्यक सामान आपूर्ति गर्दै |
काठमाडौं । नेपाल सरकारको कोरोना कोषमा सेलवेज र सेल्सवेरीले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरसको प्रकोप न्यूनिकराण्मा सरकारले मुलुकलाई लकडाउन गरेसँगै सेलवेज र सेल्सवेरीले नागरिकलाई आवश्यक खाद्यान्न तथा सामान उपलब्ध पनि गराउँदै आएको छ ।
लकडाउनको अवस्थामा पनि सेलवेज र सेल्सवेरीले घर घरमा अत्यावश्यक सामान सुरक्षित तरिकाले आपूर्ति गरी सेवा प्रवाह गरीरहेको जनाएको छ ।
सेलवेज र सेल्सवेरीबाट सुपर मार्केट संचालन गरिरहेको यो समूहले नेपाल सरकारको रातह कोषमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने जनाएको छ ।
कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्ग र कम्पनीको तर्फबाट नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको हो ।
Visited 1 times, 1 visit(s) today


