ड्याट्सनद्वारा कमेडी च्याम्पियन विजेतालाई गाडी हस्तान्तरण |
काठमाडौं । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.०L हस्तान्तरण गरेको छ ।
पायोनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले २०७६ चैत्र १ गते ललितपुर च्यासल स्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याट्सन रेडी गो १.०L साँचो हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेएको थियो ।



