आईएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको मनोनयन खुल्यो |
दोहा, कतार । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटा) ले आईएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्डको दोश्रो संस्करणका लागि मनोनयन खुलेको जानकारी दिएको छ । यस अवार्डले हवाई उद्योगका सर्वोत्कृष्ट व्यक्तित्वहरुलाई उनीहरुको योगदानको सम्मान गर्दछ । मनोनयन निम्न ३ श्रेणीका लागि खुला गरिएको छ ː
इन्स्पिरेश्नल रोल मोडल ː यो सम्मान उद्योगमा संलग्न वरिष्ठ पदमा रहेका उत्कृष्ट महिला कर्मचारीलाई प्रदान गरिनेछ जसले विविधता एवं समावेशीकरणको एजेन्डालाई साथ दिँदै हवाई क्षेत्रमा आफ्नो ठूलो योगदान पुर्याउनुभएको छ । हवाई उद्योगको सम्पूर्ण महिला सहभागीका लागि खुला रहने छ । (आईएटाका सदस्य एवं गैर–सदस्य)
हाई फ्लायर ː उड्डयन क्षेत्रका उत्कृष्ट व्यक्तित्वलाई प्रदान गरिने यस सम्मान जसले आफ्नो नेतृत्व शैलीले विविधता एवं समावेशीकरणको पक्षमा ठोस कार्य गर्दै उद्योगमा सकारात्मक प्रभाव पारेका छन् । उड्डयन उद्योगका सम्पूर्ण कर्मचारीका लागि खुला रहने छ । (आईएटाका सदस्य एवं गैर–सदस्य)
डाइभर्सिटी एण्ड इन्क्लुजन टिम अवार्ड ː उत्कृष्ट एयरलाइनलाई प्रदान गरिने यस सम्मान जसले विविधता एवं समावेशीकरणमा गरेको कार्यले परिवर्तन अनुभव गरेको छ । आईएटाका सम्पूर्ण सदस्य एयरलाइनका लागि खुला रहने छ ।
मनोनयन ३ मार्चदेखि ३० अप्रिल २०२० सम्म खुल्ला रहने छ । आईएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्ड २०१९ विजेता सम्मिलित स्वतन्त्र प्यानलको निर्णय अनुसार अवार्ड प्रदान गरिने छ । २०२० को अवार्ड २१–२३ जुन २०२० नेदरल्याण्ड्सको एम्स्टर्ड्याममा हुने आईएटाको ७६ औँ वार्षिक साधारण सभा एवं विश्व हवाई यातायात सम्मेलनमा प्रदान गरिने छ ।
Visited 1 times, 1 visit(s) today


