कलंकीमा भयो ‘भयानक’ दुर्घटना, एउटा ट्रकले हान्यो ९ सवारीसाधन, एकको मृत्यु |
काठमाडौं । कलंकीमा सोमबार साँझ मालवाहक ट्रकले ९ वटा सवारीसाधनलाई ठक्कर दिएको छ । थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा कलंकी नजिक ढुंगाअड्डाको ओरालोमा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक, १ स्कोर्पियो, १ ट्याक्सी, १ हात्तीगाडी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो ।
उक्त दुर्घटनामा एक जनाले ज्यान गुमाएको कालिमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले जानकारी दिए। उनका अनुसार चितवन टाँडीका शमशेर गुरुङले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा घाइतेमध्ये चारको अवस्था गम्भीर छ । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सर्लाही घर भएका ट्रक चालक वीरेन्द्र कुमार साहलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले जानकारी दिए । ट्रक पनि नियन्त्रणमा लिइएको र थप छानविन भइरहेको उनले बताए ।
Visited 3 times, 1 visit(s) today


