एनआरएनए र पर्यटन मन्त्रालयबीच सम्झौंता, ११ वटा विमानस्थल सरसफाइ गरिने |
काठमाडौं । विमानस्थल सरसफाइ गर्न शुक्रबार गैर आवासीय नेपाली संघ(एनआरएनए) र नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सम्झौंता भएको छ ।
फागुन १९ गतेदेखि चैत २० गते सम्म एघार वटा विमानस्थलमा सरसफाइ गर्ने सम्झौंता भएको हो। सरसफाई अडिटका लागि संघ र पर्यटनमन्त्री योगेश भट्टराईबीच छलफल भएको थियो ।
नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै मुलुकका विभिन्न विमानस्थल सरसफाइ गर्ने योजना मन्त्रालयको छ । सम्झौता अनुसार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्रा्ष्ट्रिय), विराटनगर, चन्द्रगढी, जनकपुर, सिमरा, भरतपुर, गौतमबुद्ध,पोखरा, नेपालगञ्ज धनगढी लगायत विभिन्न विमानस्थलमा सरसफाई अडिट गर्नेछ ।



