ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियाको गुलरियामा |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार प्रदेश नं. ५को बर्दियाको गुलरीया नगरपालिका वडा नं. ६ जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटीएम तथा २४८शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।



