छैठौँ महिला उद्यमी सम्मेलन आयोजना हुदैँ |
काठमाडौँ । छैठौँ महिला उद्यमी सम्मेलन २०२० काठमाडौँमा आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रम यो वर्ष माघको दोश्रो हप्ता विगत चार वर्ष जस्तै यो वर्ष पनि लक्ष्मी बैंकको प्रायोजनमा आयोजना गरिने भएको छ ।
कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिदैँछ । त्यसैगरि कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तराष्ट्रिय श्रम संगठन रहेको छ जसले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्दै आएको छ । गत वर्षको सम्मेलनमा पनि करिब ३० प्रतिशत सहभागिता पुरुषको थियो र यो वर्ष पनि महिला पुरुष दुवैको सहभागिता रहनेछ ।
यो वर्ष ३०० भन्दा बढि सहभागिहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा, उद्यमी, श्रमिक महिला, विभिन्न व्यावसायीहरु लगायत विभिन्न विज्ञहरु र विद्यार्थीहरुको उपस्थिति रहने छ । कार्यक्रममा विभिन्न विज्ञहरुको सम्बोधन, प्रेरक वक्ताहरुको प्रस्तुति, प्यानल छलफल लगायत विभिन्न कार्यशालाहरुको पनि आयोजना गरिनेछ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा आयोजना गरिनेछ ।
सम्मलेनको मुख्य आकर्षणहरु
- एकदिने यस सम्मेलनमा महिला उद्यमशिलताका विषयमा र उनिहरुले भोगेका चुनौती र अवसरहरुको बारेमा विभिन्न सत्रहरुमा छलफल गरिनेछ
- सहभागिहरुको बौद्धिक तथा कार्य क्षमतालाई प्रोत्साहन गरिनेछ
- यो वर्षको सम्मेलन महिला उद्यमिहरुको लागि आफु जस्तै अन्य उद्यमिहरुसँग जनसम्र्पक बढाउनको लागि एउटा राम्रो अवसर हुनेछ
- यस सम्मेलनको मुख्य दुई सत्रहरु हुनेछन्
- पहिलो हुनेछ ः she economy यो शब्द सन् २०१७ मा प्रतिपादन गरिएको हो । महिला लक्षित बजारलाई प्रबद्र्धन गर्ने सोच सहित she economy धारणाको सुरुवात भएको हो । विश्वको आर्थिकका विभिन्न क्षेत्रहरुमा जस्तै अनलाइन, हेल्थकेयर, आर्थिक सेवाहरु, इ कर्मस तथा शिक्षा जस्ता क्षेत्रहरुमा महिला उपभोक्ताहरुको सहभागिता बढ्दै गइरहेको छ । साथै पराम्परागत हिसाबले पुरुष लक्षित बस्तुहरुको उत्पादनमा पनि महिलाहरुको सहभागिता बढ्दै गइरहेको छ । यी र यस्ता विषय संग सम्बन्धित विषयहरुमा यस छत्रमा छलफल हुनेछ ।
- दोश्रो सत्र हनेछ ː entrepreneurial ecosystem । यस सत्रमा विज्ञहरु र सरोकारवालाहरु विच सम्बन्ध विस्तार गर्ने अवसर मिल्नेछ
- story corner सत्रमा लगानी, व्यावसायको बृद्धि, साझेदारी तथा नेतृत्व लगायत विषयहरुमा छलफल हुनेछ ।
- साथै सम्मेलनमा विभिन्न उत्पादनहरुको स्टलहरु पनि राखिनेछ
- ड्ड यो सःशुल्क कार्यक्रम हो यद्यपि विद्यार्थी, वञ्चित महिला उद्यमीहरुलाई भने विशेष निःशुल्क सहभागिताको व्यवस्था हुनेछ


