मेरुदण्डीय पक्षघात समुह नेपाललाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग |
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीयपक्षघात समुह नेपाललाई तीन लाख रुपैंया सहयोग गरेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई तीन लाखको चेक हस्तान्तरण गरेका हुन् ।



