मानवीय त्रुटिले युक्रेनी जहाज खसालिएको इरानी सेनाको दाबी |
काठमाडौं । बुधबार इरानको इमाम खमेनी विमानस्थलबाट उडेको केहीबेरमै १७६ जनाको ज्यान जाने गरी भएको युक्रेनी जहाज दुर्घटना इरानी क्षेप्यास्त्र आक्रमणबाट भएको त्यहाँको सेनाले स्वीकार गरेको छ ।
इरानी सेनाले मानवीय त्रुटिका कारण सो घटना हुन पुगेको त्यहाँको सरकारी टेलिभिजनबाट शनिबार स्वीकार गरेको हो ।
इरानी सेनाका अनुसार सो जहाज इरानको रिभुल्सेनरी गार्डको संवेदनशील सैन्य इलाका नजिकै भएर उडेको थियो ।
सेनाले आफ्नो वक्तव्यमा सो घटनामा संलग्नलाई सैन्य कानुन अनुसार कारवाही गरिने जनाएको छ । इरानी सेनाले सो वक्त्वयमा घटनामा मारिने सबैका परिवारप्रति गहिरो शोक व्यक्त गरेको छ ।
दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको थियो ।
यसअघि इरानले सो जहाज आफूहरुले नखसालेको बताउँदै आएको थियो जबकी अमेरिका र क्यानडाले सो प्लेन मिसाइल हमलाबाट नै खसाइएको दाबी गर्दै आएका थिए ।


