मुक्तिनाथ विकास बैंकद्धारा ऋण मिनाहा |
काठमाडौं । मुक्तिनाथ विकास बंैकको साना तथा लघुबैंकिङ्ग कार्यालय दमौलीकी सदस्य मोहोनी माया थापा मगरको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । मगरको मृत्यु भएको कारण बैंकले सामाजिक उक्तदायित्व अन्तरगत उक्त ऋण मिनाहा गरेको हो ।
उक्त रकम स्व. मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगरलाई बैँकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना साना तथा लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे र वडा सदस्य सुर वहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याज चौउन्न हजार दुई सय अठहतर रुपैयाँ मिनाहा गरेको बैंकले जनाएको छ ।
साथै बैंकले काज किरिया खर्च पाँच हजार बराबरको चेक हस्तान्तरण गरेको र तिर्न बाँकी रहेको कर्जा दुई लाख एघार हजार चार सय चालिस रुपैयाँसमेत मिनाहा गरिएको बैंकले जनाएको छ ।



