काठमाडौं मेरिएट होटलमा ‘न्यू इयर इभ’ |
काठमाडौं । काठमाडौंस्थित मेरिएट होटलले पहिलोपटक न्यू इयर इभ मनाउने भएको छ । सन् २०२० को पूर्वसन्ध्यामा होटेलका अतिथि, नवआगन्तुक तथा पर्यटकका लागि होटलले मुक्ति एन्ड रिभाइभल्सको लाइभ पर्फमेन्स, डीजे क्वीन र विशेष बेली डान्स कार्यक्रम प्रस्तुत गर्ने बताएको छ ।
न्यू इयर इभमा सम्मिलित हुन होटेलले सबैलाई आग्रह गरेको छ । अनलिमिटेड बफेका साथ रातलाई रमाइलो बनाउन होटलले अन्य विभिन्न कार्यक्रम गर्ने उल्लेख गरेको छ । त्यसबाहेक एशियन रेस्टुराँ, एडमामेमा क्विलिनरी फेयरको आयोजना गरिनेछ, जहाँ सेफ स्पेशल मेन्यूबाट ६ आधुनिक एशियन कोर्ष सञ्चालन हुनेछ । यो रेस्टुराँमा एकस्टिक ब्यान्डले प्रस्तुति दिने जानकारी दिइएको छ ।


