चितवनको पिठुवामा सनराइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा |
काठमाडौं । सनराइज बैंकले चितवनको पिठुवामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा सेवा पुर्यासउँदै जाने उद्देश्यका साथ चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
रत्ननगर नगरपालिकाको अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले एक समारोहका बीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
सो समारोहमा अचुत जङ्ग श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट र प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


