सानिमा बैंकका शुल्क नलाग्ने योजना |
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकलाई ‘अफर सानिमा बैंकको, रोजाई तपाईंको’ नामक योजना ल्याएको छ ।
यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवा तथा सामान खरिदमा छुट प्रदान गर्ने छ । बैंकले आफ्ना नया‘ तथा पुराना ग्राहकलाई लक्षित गरी ल्याएको यो योजना यही मङ्सिर २० देखि २२ गतेसम्म तीन दिनको लागि लागू हुने जनाएको छ ।
यस योजनाअन्तर्गत बैंकका डिजिटल सेवाहरू जस्तै डेबिट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रायोरिटी पास, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङलगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै, विभिन्न रेस्टुराँ तथा विद्युतीय सामान र मोबाइल फोन खरिदमासमेत विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकका हाल ७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ एटीएम रहेका छन् ।



