सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा काठमाडौंको जरङ्खुमा |
काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुँच थप विस्तार गर्दै आफ्नो १०५ औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।
नयाँ शाखाको उद्धघाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उप–प्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल एवम् ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रुपमा गरे ।
उद्धघाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयाल, तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज घिमिरे, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हिरामणि घिमिरे, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, नगर चेम्बर अध्यक्ष राम प्रसाद महर्जन लगायतको उपस्थिति रहेको थियो ।
विभिन्न जीवन विमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले कम्पनीले मंसिर १४ गतेदेखि उक्त नयाँ शाखा संचालनमा ल्याएको हो।



