एनएमबी बैंकले टभ राइल्यान्डबाट आईएसओ पायो, नेपालको पहिलो भएको दाबी |
काठमाडौं । एनएमबी बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ː २०१३ प्रमाणपत्र पाएको छ । राइल्यान्डबाट आईएसओ पाउने एनएमबी पहिलो बैंक भएको दाबी समेत गरेको छ ।
डाटा तथा सरोकारावालाहरूको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ ।
टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्ट गटफ्रिद फरम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गरे। १४५ वर्षअघि स्थापना भएको यो संस्था निरीक्षण सेवाहरू र आईएसओ प्रमाणीकरणका लागि विश्वव्यापी अग्रणी संस्था हो।



