एउटै उडानमा १४५ देशका यात्रु उडे, बन्यो विश्व रेकर्ड |
एउटै उडानमा १४५ देशका यात्रु बोकेर इमिरेट्स एयरलाइन्सले गुनिस बकुमा विश्व रेकर्ड दर्ता गराएको छ । ’मोस्ट नेशनालिटिज अन एरोप्लेन’ शिर्षकमा एयरलाइन्सले उक्त रेकर्ड बनाएको दाबी गरेको छ ।
५४० यात्रु भएको उक्त उडान एयरबसको ए३८० जहाजबाट गरिएको थियो । ४८ औं युएइ नेशनल डे को अवसरमा विभिन्न धर्म तथा समुदायका यात्रुहरु रहेको एयरलाइन्सले बताएको छ ।
दुबई इन्टरनेशनल विमानस्थलबाट उडेर साढे एक घण्टा आकाशमै घुमेको थियो । उक्त जहाज फेरि दुबईमै अवतरण गरेको थियो ।
उडानमा १८ देशका उडान दलका सदस्य भएको एयरलाइन्सले जानकारी दिएको छ ।



