माछापुच्छ्रे बैंकले थप्यो ११ वटा नयाँ शाखा, चितवनदेखि पश्चिमका जिल्लामा सञ्जाल बिस्तार |
काठमाडौं । माछापुच्छ्रे बैंकले देशका ११ स्थानमा नयाँ शाखा थपेको छ । बैंकले चितवनदेखि पश्चिम शाखा थपेको हो ।बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा खोलेको हो ।
शाखाहरु सम्बन्धित नगर तथा गाउँपालिकाका प्रतिनिधि र बैंका अध्यक्ष डा. विरेन्द्र महतोले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
अब बैंकको देशभर शाखा संख्या १४४ पुगेको छ । बैंकको १३३ वटा शाखारहित बैंकिङ इकाइ छन् । बैंकका १६७ वटा एटिएम पनि छन् ।



