ग्लोबल आईएमई बैंक र ब्लू क्रश हस्पिटलबीच सम्झौंता, उपचारमा छुट पाउने |
काठमाडौं । ग्लोबल आईएमई बैंक र ब्लू क्रश हस्पिटलबीच हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंककी बजार तथा व्यवसाय प्रबर्द्धन प्रमुख शान्ता शिवाकोटी र हस्पिटलका व्यवस्थापन समितिका सदस्य–सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौतापछि ब्लू क्रश हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट ,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक र कर्मचारीले छुट पाउनेछन् ।



