कोकाकोलाको क्याम्पेनका विजेता अम्बर बहादुरले पाए टाटा टियागो |
काठमाडौं । कोका–कोला नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवद्र्धन क्याम्पेन ‘कोका–कोला क्यापमा कार’को विजेता हेटौंडाका अम्बर बहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको छ ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।
यो क्याम्पेनमा प्रत्येक घण्टाको लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टीभी जित्न सफल भएका थिए । कोका–कोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठूलो सफलता हासिल गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगंज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका छन् ।
बम्पर लक्की ड्र का विजेता गुरुङले भने, “म लाखौं सहभागीमध्ये टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी छु । यो मेरो पहिलो गाडी हो। यस्तो अभियान ल्याएकोमा म कोका–कोला नेपाल प्रति आभार प्रकट गर्छु ।”


