पारस पुगे मुक्तिनाथ, यस्ता छन् पूजाआजाका तस्बिर |
काठमाडौं । पूर्वयुवराज पारस शाह पश्चिमी क्षेत्रका हिमाली जिल्लाको भ्रमणमा छन् । उनी पोखराबाट मुस्ताङ हुँदै म्याग्दी पुगेका छन् ।

आफ्नै निजी सवारीसाधन लिएर बुधबार पारस मुस्ताङ पुगेका थिए । प्रहरी स्रोतका अनुसार मुस्ताङमा गएर उनले मुक्तिनाथ दर्शन गरे । त्यहाँ रहँदा उनी मोक्ष होटलमा बास बसेका थिए ।

आफ्ना शुभचिन्तक र सहकर्मीसाथ मुक्तिनाथ दर्शनपछि पारस शुक्रबार म्याग्दीतर्फ लागेको प्रहरी स्रोतले जनाएको छ ।
मुक्तिनाथ दर्शनका क्रममा उनका केही दृश्यहरू सार्वजनिक भएका छन् । उनले मुक्तिनाथलाई हात र घुँडा टेकेर ढोगेका छन् ।

केही समययता उनी सहकर्मी र समर्थकसँग हिमाली जिल्लाको भ्रमणमा छन् । केही समयअघि उनी पोखरामा थिए ।





