ग्लोबल आईएमई बैंकको शाखा ओखलढुङ्गाको रमाइलो डाँडामा, शाखा संख्या १४९ पुग्यो |
काठमाडौं । ग्लोबल आईएमई बैंकले ओखलढुङ्गाको रमाइलो डाँडा बजारमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले विस्तार गरेको उक्त शाखासँगै बैंकको शाखा संख्या १ सय ४९ पुगेको छ । बैंकले १४९ शाखा, ३० राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा समेत प्रदान गर्दै आईरहेको छ ।



