महराको संसद पद निलम्बनमा |
काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ ।
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन् । अब उनको सेवासुविधा पनि रोक्का हुनेछ ।
फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।
१५ असोजमा सभामुख पदबाट राजीनामा दिएका उनी १८ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।
Visited 1 times, 1 visit(s) today


