बिजुलीको पोलमा सजाइयो राष्ट्रपतिको तस्वीर |
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण नजिकिँदै जाँदा विशिष्ट पाहुनाको स्वागतमा सडकका पोल–पोलमा राष्ट्रपति सीका तस्वीर टाँगिएका छन् । चिनियाँ राष्ट्रपति सीको तस्वीरसँगै राष्ट्रपति विद्यादेवी भण्डारीका तस्वीरसमेत सजाइएका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउन लागेका हुन् । उनी आइतबारसम्म काठमाडौंमा रहनेछन् ।

उच्चस्तरीय पाहुनाको स्वागतका लागि काठमाडौंलाई रातारात सजिसजाऊ बनाइएको छ । चिनियाँ राष्ट्रपतिको स्वागतमा सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि शहरका विभिन्न ठाउँमा तस्वीरहरु सजाएको छ । सडक किनारामा राष्ट्रपतिद्वय सी र विद्यादेवी भण्डारीका तस्वीर देख्न सकिन्छ ।

नयाँ बानेश्वर संसद भवन अगाडिको सडकमा पनि दुबै देशका राष्ट्र प्रमुखका तस्वीर सजाइएका छन् ।
Visited 2 times, 1 visit(s) today


