सी चीनफिङको भ्रमण अघि परीक्षण उडान गर्दै आयो काठमाडौंमा जहाज, विमानस्थल केहीबेर बन्द |
काठमाडौं । राष्ट्रपति सी चीनफिङको भ्रमणको तयारीका लागि चिनियाँ जहाज काठमाडौं आएको छ । बुधबार अपरान्ह पौने २ बजे चिनियाँ जहाज परीक्षण उडानका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।
एयर चाइनाको बोइङ जहाज विमानस्थलमै छ । भीभीआईपी डेमोन्स्ट्रेसन फ्लाइट भएकाले विमानस्थलले अरू व्यवसायीक उडान रोकेको थियो । केहीबेर रोकिएका अन्य आन्तरिक तथा अन्तरराष्ट्रिय उडान फेरि सुचारू भएका छन्।
उक्त जहाजमा आएका चिनियाँ अधिकारीहरूले विमानस्थल प्रशासन र सुरक्षाका अधिकारीसँग छलफल गरेका छन् ।
सी असोजको २६ र २७ गते नेपाल आउने चर्चा भए पनि दुबै देशले औपचारिक रूपमा मिति तोकेका छैनन् ।



