खगित्रा शाहीले एकैपटकमा जन्माइन् चार शिशु |
काठमाडौं । काठमाडौ मेडिकल कलेज (केएमसी) अस्पतालमा चम्ल्याहा शिशुको जन्म भएको छ । बुधबार बिहान २७ वर्षीया खगित्रा शाहीले एकैपटक चार शिशुलाई जन्म दिएकी हुन् ।
उनको ३३ हप्ता ३ दिनपछि अपरेसन गरी बच्चा जन्मेको केएमसी अस्पतालले जनाएको छ । जन्मेका शिशुमा तीन छोरा र एक छोरी छन् ।
जन्मने शिशुहरुको तौल एक किलो ,एक किलो ५ ग्राम, एक किलो ६ ग्राम र एक किलो ७ ग्राम रहेको छ । एक शिशुबाहेक आमा र अन्य शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
शाही एक हप्ता अघि अस्पताल भर्ना भएकी थिइन् । उनकी ६ वर्षकी छोरी पनि छन् । उपचारमा संलग्न चिकित्सकहरु यो घटना दुर्लभ भएको बताउँछन् ।



