महालक्ष्मी विकास बैंकले शंखमूलमा खोल्यो नयाँ शाखा, शाखा विस्तारलाई निरन्तरता दिने |
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको शंखमुलमा शाखा संचालनमा ल्याएको छ । योसँगै बैंकको शाखा सय वटा शाखा पुगेको छ । शाखाको उद्घाटन राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले आगामी दिनमा अझैं उत्कृष्ट सेवा दिने प्रतिवद्धता जनाए ।
उनले बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा बैंकका अध्यक्ष राजेश उपाध्याय समेत सहभागी थिए ।




