कुमारी बैंक र सारथीबीच डिजिटल पेमेन्ट बिच सहकार्य, चालकलाई १० र ग्राहकलाई २० रुपैयाँ बोनश |
काठमाडौं । कुमारी बैंकले ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग डिजिटल पेमेन्टमा सहकार्य गरेको छ ।
आधुनिक सूचना प्रविधिको प्रयोग गरी दैनिक आवतजावत सहज बनाउन सारथीका ट्याक्सीमा यो भूक्तानी प्रणाली स्थापना गरिने बैंकले जनाएको छ । सो प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउने र ट्याक्सी व्यवसायीको आम्दानी बैंक खातामा जम्मा भएर बचत हुने बैंकको विश्वास छ । ग्राहकले पनि बायोमेट्रिक लगईन मार्फत सुरक्षित, नगदरहित भूक्तानी गर्ने कम्पनीले जनाएको छ ।
सो पेमेन्टमा ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपका साथै फोनपे नेटवर्क अन्तर्गतका सम्पूर्ण बैंक र वालेटबाट पनि सीधै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । बैंकले सो पेमेन्ट प्रणालीको प्रोत्साहनका निम्ति सेप्टेम्बर १ देखि ग्राहक र चालक दुवैका लागि आकर्षक बोनस र क्यास ब्याकको योजना पनि ल्याएको छ । यो योजना अनुसार पेमेन्ट गरे चालकले १५ सम्मको बोनस तथा ग्राहकले २० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त पाउने कम्पनीले जनाएको छ ।



