मन्जुश्री फाइनान्सको नयाँ बचत खाता |
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ । न्युनतम मौज्दात ५ हजारमा बचतकर्ताहरुले वार्षिक ८.२५५ व्याजदर प्राप्त गर्न सक्ने छन् ।
जसमा निːशुल्क डेविट कार्डका साथै जुनसुक एटीएमबाट विना शुल्क रकम झिक्न सकिने छ, साथै निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सकिन छ ।
साथै एसएमएस बैंकिङ्ग, सीआस्वा, आईपीएस, चेक क्लिरेन्स जस्ता सुविधाहरु पनि निːशुल्क उपलब्ध छन् ।
यस मन्जुश्री फाइनान्स लिमिटेडको चुक्ता पूँजी रु. ८० करोड ४० लाख रहेको छ । यस फाइनान्सको असार मसान्त सम्म रु. ७ अर्ब ३० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ५५ करोड कर्जा लगानी रहेको जनाएको छ ।



