प्रभु बैंक र अर्विट मेडिकलबीच सम्झौंता, विदेशी मुद्रा सटहीमा सहज |
काठमाडौं । प्रभु बैंक र अर्विट मेडिकल इन्ट्रान्सबीच सहमति भएको छ । सहमति अनुसार कम्पनीसँग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिश भएका विद्यार्थीले नगद जम्मा गर्नेदेखि विदेशी मुद्रा सटहीसम्मको सुविधा पाउनेछन् ।
सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र अर्विटका तर्फबाट प्रवन्ध संचालक सुनिल रेग्मीले हस्ताक्षर गरे ।
बैंकका अनुसार स्विफ्ट, ड्राफ्ट र अनलाइन पेमेन्टमार्फत गरिने आईएलटीएस, टोफेल, स्याट, जीआरई ,जिम्याट र शैक्षिक शुल्क भूक्तानी गर्न मिल्नेछ । बैंकले शैक्षिक कर्जा समेत सर्वसुलभ रुपमा दिने जनाएको छ । बैंकले विद्यार्थीका लागि सहज सेवा उपलब्ध गराउन कमलादी शाखालाई मूख्य सम्पर्क केन्द्र तोकेको जनाएको छ ।



