अब पूर्वाधार विकास बैंकले ३० करोडभन्दा तलका परियोजनामा लगानी गर्न नपाउने |
काठमाडौं । पूर्वाधार विकास बैंकले ३० करोड रुपैयाँभन्दा कम रकम लगानी गर्न नपाउने भएको छ । देशको पूर्वाधार विकासका लागि स्थापना भएको सो बैंकले परियोजना छनौट गर्दा नै न्यूनतम लगानीको सिमा ३० करोड रुपैयाँ कामय गरी सोही अनुरुप छनौट गर्नुपर्ने हुन्छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै लगानीको सिमा तोकिदिएको हो । देशमा ठूला पूर्वाधार निर्माणका लागि सरकारको समेत लगानीमा स्थापना भएको सो बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ ।
हाल १२ अर्ब चुक्ता पूँजी पुर्याएको सो बैंकले ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँको प्राथमिक सेयर निष्काशनबाट उठाउने छ ।



