एनआईसी एशियाले पोखराका होटलसँग गर्योे सम्झौता, ग्राहक लाई ३० प्रतिशतसम्म छुट |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पोखराका होटल पोखरा ग्राण्डी, पार्दी विरौटासँग सम्झौता गरेको छ । बैंकका ग्राहकलाई छुट दिलाउने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।
सम्झौता पछि बैंकका ग्राहकले होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट पाउने छन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन् ।
टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटीएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।



