साधना लघुवित्तले गाभ्यो समृद्धि लघुवित्तलाई, पूँजी २१ करोड पुर्याउने |
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी एकिकृत कारोबार शुरु गरेको छ ।
प्राप्तिपछि नाम साधना लघुवित्त वित्तीय संस्था कायम गरिएको छ । केन्द्रीय कार्यालय गोरखाको हरमटारी रहने छ। राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकिकृत कारोबारको उद्घाटन गरेका छन् ।
दुबै संस्थाले प्राप्तिका लागि गत जेठ २५ गते साधारणसभा गरेका थिए । राष्ट्र बैंकले गत २५ गते अन्तिम स्वीकृति दिएको थियो । प्राप्तिपछि चुक्ता पूँजी ७ करोड ३५ लाख पुगेको छ। कुल निक्षेप २८ करोड र कुल लगानी एक अर्ब २० करोड पुगेको छ । शाखा संख्या ४०, सदस्य संख्या ३३ हजार पुगेको छ ।
संस्थाले आगामी बर्ष हकप्रद शेयर र साधारण शेयर जारी गरेर पूँजी २१ करोड पुर्याउने जनाएको छ ।
Visited 2 times, 1 visit(s) today


