राष्ट्रिय वाणिज्य बैंकको शाखा धादिङकोे मलेखुमा, शाखा संख्या २२२ पुग्यो |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखुमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।
श्रेष्ठले उक्त शाखा विस्तारसँगै उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी सिर्जना हुने बताएका छन् । उक्त विस्तारित शाखासँगै बैंकको कुल शाखा संख्या २२२ पुगेको छ ।
साथै बैंकले १७५ एटीएम तथा ९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।
Visited 4 times, 1 visit(s) today


