ललितपुरको खुमलटारमा जनता बैंकको २४ औं शाखा , देशभर १४२ शाखा पुगे |
काठमाडौं । जनता बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले खुमलटार शाखाको उद्घाटन गरेका थिए ।
असार ३० गते सोमबारदेखि खुमलटार शाखा कार्यालय औपचारिक सञ्चालनमा आएको बैंकले जनाएको छ । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको बैंकको शाखा सञ्जाल यो समेत १४२ पुगेको छ । काठमाडौं उपत्यकामा भने यो २४औं शाखा हो ।
Visited 1 times, 1 visit(s) today


