आईएमई वालेट एप चलाउनेलाई रेस्टुरेन्टमा छुट, विभिन्न छुटको व्यवस्था |
काठमाडौं । आईएमई पे मोबाइल वालेट एपले ‘डिल्स’ नामक नयाँ फिचर ल्याएको छ । यसबाट आईएमई वालेट एप चलाउनेले विभिन्न रेस्टुरेन्ट वा पसलका छुट अफरहरू प्राप्त गर्न सक्ने छन् ।
आईएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । सेवाग्राहीले आइएमई, आईएमई पे एजेन्ट, आफ्नो बैंकबाट सिधै र एप चलाउने साथीबाट मोबाइल वालेटमा पैसा हाल्न सकिने छ ।
काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।



