कैलाली र कञ्चनपुरका हावाहुरी पीडित लाई एनआईसी एशिया बैंकको नगद सहयोग |
काठमाडौं । उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा दरिलो उपस्थिति जनाई समाजमा योगदान पुर्याइरहेको छ । सोही क्रममा जेष्ठ २३ गते धनगढीमा आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा पुर्याएको क्षतिप्रति दुुːख व्यक्त गर्दै सो घटनाबाट पीडित परिवारको पुनस्र्थापनाका लागि एनआईसी एशिया बैंकले धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोगस्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
उक्त सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेक राज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गरे । यो सहयोगबाट हावाहुरी पीडित क्षेत्रका परिवारलाई सहयोग पुग्ने भन्दै यस किसिमको सहयोग आगामी दिनमा पनि कायम रहने विश्वास धनगढी उप–महानगरपालिकाका प्रमुख ओडज्यूले व्यक्त गरेका थिए । एन आई सी एशिया बैंकले गरेको यो सहयोगले उक्त क्षेत्रका पीडित परिवारका लागि केही राहत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, २९५ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।



