नेपाली जुत्ताघरको एसईई उत्तिर्ण विद्यार्थी लच्छीत छात्रवृत्ति योजना | समर शेल मेला २०७६ शुरु, ५० प्रतिशत सम्म छुट
काठमाडौं । नेपालका चर्चित स्वदेशी ब्राण्डहरु शिखर सुज, बीएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड सहितका ब्राण्डहरु रहेको नेपाली जुत्ताघरले २०७५ सालको एसईईमा उत्तिर्ण विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस योजनामा ग्राहकवर्गहरुले नेपाली जुत्ताघर मार्फत जुनसुकै ब्रण्डको जुुत्ताचप्पल खरिद गर्दा पाउने लक्की ड्र कुपन मार्फत भाग्यशाली विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।
विगतमा पनि नेपाली जुत्ता घरले यस्तैखाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । नेपाली जुत्ताघरले प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक पुष्पा बस्नेतलाई सो संस्थामा आश्रीत बालबालीकाका लागि जुत्ता सहयोग गरेको थियो । यस्तै विभिन्न प्राकृतिक प्रकोपका बेला पनि आर्थिक तथा भौतीक सहयोग गर्दैआइरहेको छ । यसै आर्थिक वर्षदेखी जुत्ताघरबाट बिक्री भएको जुत्तामा प्रतिजोर २ रुपैया संकलन गरी एउटा शैक्षीक छात्रवृत्ति अक्षयकोषको स्थापना गर्न लागिएको छ । एसईई छात्रवृत्ति योजना अन्र्तगत पहिलो पुरस्कार नगद छात्रवृत्ति रु. पचास हजार, एकजनालाई, दोस्रो पुरस्कार नगद छात्रवृत्ति रु. २५ हजार दुईजना लाई, तेस्रो पुरस्कार नगद छात्रवृत्ति रु. १० हजार पाँच जनालाई, सान्त्वना पुरस्कार दुई जोर कलेज ड्रेस जुत्ता, २० जनालाई उपलब्ध गराईनेछ ।

यसका लागि एसईई पास गरेका बिद्यार्थिहरुले जुत्ता खरिद गर्दाको अर्धकट्टी कुपन अनिवार्य पेश गर्नुपर्नेछ । साथै विद्यार्थी भएको परिचयपत्र, प्रमाणपत्र पेश गर्नुपर्नेछ । यो उपहार योजना नतिजा २०७६ भाद्र १ गते नेपाली जुत्ताघर जमलमा प्रत्यक्ष खोलिनेछ । बिजेताको नाम, कुपन नम्बर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिनेछ ।
समर शेल मेला शुरु
यस वर्षको समरशेल मेला शुरु भएको छ । ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका ६ वर्ष देखि संचालित नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि आजवाट शुरु भएको हो । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारीपाटी, बुद्ध मल बालाजु स्थीत आफ्नै विक्री कक्षमा स्टक रहुन्जेल सम्मका लागी यो योजना सञ्चालन भएको छ ।
यो वृहद समरसेल २०७६ को प्रमुख उद्धेश्य नेपाली जुत्ता उद्योगहरु बाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी १५ देखी ५० प्रतिशत सम्मको बिशेष छुट र रु.३०० देखी बिशेष सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा खरिद विक्री गर्न सकिनेछ । यस समर शेलको उद्धेश्य नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयात लाई न्युनिकरण गर्न सहयोग पुर्याउनु नै रहेको छ ।
यो समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुː शिखर सुज, बीएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि १० वटा ब्राण्डका जुत्ता चप्पल हरु विक्री वितरण गरिनेछ । माथी उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध हुनेछन् । यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजारको हाराहारीमा आगन्तुकहरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पलहरु विक्री गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
Visited 1 times, 1 visit(s) today


