लक्ष्मी बैंकले भिसा कार्डको डिजाइन क्राउड सोर्सिङबाट गर्ने, बिजेताले ५० हजार पुरस्कार पाउने |
काठमाडौं । लक्ष्मी बैंकले ७ प्रदेशका लागि उपयुक्त हुने भिसा कार्ड डिजाइनको खोजी गर्न क्राउड सोर्सिङ गर्ने भएको छ । यसका लागि बैंकले देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ ।
प्रतियोगिताको मुल उद्देश्य सातै प्रदेशका मौलिक कला, संस्कृती र विषेशता झल्किने र त्यसको परिचय दिने डिजाइनको खोजी गर्नु रहेको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ । प्रतियोगिताले ग्राहकहरुलाई उत्कृष्ट ब्राण्ड एक्स्पेरियन्स् समेत प्रदान गराउने लक्ष्य बैंकको छ ।
डिजाइन मौलिक, अद्वितीय एवं कपिराइट उलंघन नभएको हुनुपर्ने छ । प्रस्तुत प्रतियोगितामा नेपाली नागरिक वा कानूनी रुपमा नेपालमा दर्ता भएको कम्पनीले सहभागिता जनाउन सक्ने छन् ।
कार्ड डिजाइन गर्दा प्रदेशको मौलिककला, सँस्कृति वा प्राकृतिक सुन्दरता झल्किएको हुनुपर्ने छ। कन्सेप्ट फोटो, पेन्टिङ्ग वा ग्राफिक इलसट्रेशन मार्फत पेश गर्न सकिनेछ ।
प्रत्येक विजयी कन्सेप्टले नगद पुरस्कार स्वरुप ५० हजार रुपैयाँ प्राप्त गर्न सक्ने छन्। यसरी ७ प्रदेशको लागि कूल नगद पुरस्कार ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ ।
विजेताको घोषणा गर्ने अन्तिम निर्णय लक्ष्मी बैंकमा निहीत हुने छ । छनौट भएमा उक्त डिजाइनको सर्वाधिकार बैंकमा निहीत हुने छ । प्राप्त डिजाइनहरु बैंकले आफ्नो अवश्यकता बमोजिम कुनै पनि वेला प्रयोग गर्न समेत सक्नेछ । प्रतियोगीहरुले आफ्नो डिजाइन जुलाई महिनाको ३१ तारिख सम्ममा बैकको वेबसाइट मार्फत बुझाइसक्नु पर्ने छ ।




