सानिमा बैंकले प्लस टु अध्ययनका लागि ल्यायो छात्रवृत्ति योजना |
काठमाडौं । सानिमा बैंकले प्लस टु अध्ययनका लागि छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । बैंक सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरि यो कार्यक्रम ल्याएको हो ।
बैंकले विगत सात वर्षदेखि काठमाडौं उपत्यका वाहिरका प्रत्येक शाखाहरुबाट ११ र १२ कक्षाका लागि दुई दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । बैंकका अनुसार आवेदन साउन १० गतेसम्म दिन सकिनेछ ।
बैंकको वेवसाइट www.sanimabank.com मार्फतआवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ । बैंकले शैक्षिक संस्थामा लाग्ने शुल्कको अतिरिक्त शैक्षिक सामाग्रीका लागि मासिक दुई हजार रुपैयाँ दिने जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


