सिभिल बैंकको दाङ लालमटियामा नयाँ शाखा, बैंकको शाखा ८३ पुग्यो |
काठमाडौं । सिभिल बैंकले दाङको लालमटियामा नयाँ शाखा खोलेको छ । सो शाखाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले उद्घाटन गरेका छन् ।
यो सँगै बैंकको शाखा ८३ पुगेको छ । कार्यक्रममा बैंकका प्रदेश ५का प्रमुख किरण धमलाको पनि उपस्थिति थियो । बैंकको शाखासँगै स्थानीय तहको पूँजी परिचालन र ऋण लगानी गरेर आर्थिक विकासमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।



