प्रदेश १ मा माछापुच्छ्रे बैंकको ४ नयाँ शाखा थपियो, १२ स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु |
काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नम्बर १ का सुनसरी र झापामा चारवटा नयाँ शाखा कार्यालय थपेको छ । बैंकले जेठ २८ गते सुनसरीको इनरुवा नगरपालीकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टीमा नयाँ शाखा खोलेको हो ।
यसैगरी जेठ ३० गते झापाको भद्रपुर नगरपालिका १०, स्थितचन्द्रगढी (चाराली रोड) र सोहि जिल्ला कै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरुको औपचारिक उद्घाटन भएको बैंकले जनाएको छ ।
सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहा क्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरे ।
झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरे भने काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्यले उद्घाटन गरेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
यसैगरी बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको जनाएको छ ।
बैंकका अनुसार नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुनेछ ।
बैंकले हालसम्म सातै प्रदेशमा आफ्ना ११० वटा शाखाहरु तथा ११२ शाखारहित बैकिङ्ग सेवा संचालन गरिरहेको जनाएको छ ।



