मञ्चको अवार्डमा रुस्लान सह–प्रायोजक |
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७५ का लागि सह–प्रायोजकको रुपमा विजय डिस्ट्रिलरीको रुस्लान फुटबलसंग प्रायोजन सम्झौता गरेको छ ।
शनिबार एक कार्यक्रमका बीच मञ्चका अध्यक्ष देबेन्द्र सुबेदी र जावलाखेल ग्रुपअफ ईन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताको अवधि एक बर्षको रहने छ । रुस्लान फुटबल अवार्ड कार्यक्रमको सह–प्रायोजकको रुपमा रहने उल्लेख छ । नेपाली खेलकुदकै प्रतिष्ठित खेलकुद अवार्डको १६ औं संस्करण आगामी असार १७ गते आयोजना हुँदैछ ।
यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मी सहित एक जना अन्तरराष्ट्रिय खेल पत्रकारलाई सम्मानगर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Visited 1 times, 1 visit(s) today


