ग्लोकल टिन हिरोको पूर्वी एक्टिभेसन २०१९ शुरु |
काठमाडौं । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रालीको एक कार्यक्रम हो । यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ ।

समर्पित र रचनात्मक किशोर किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो पाँचौ वर्ष हो । नवलपरासीकी १७ बर्षिया बाल अधिकार अभियन्ता विपना शर्मा र युवा वैज्ञानिक, सन्तोष लामिछाने र दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी सोही कार्यक्रममा प्रथम भई २०१५, २०१६ र २०१८मा पुरस्कृत भएका थिए । त्यसै गरी रूकुमकी १७ बर्षीय सामाजिक कार्यकर्ता प्रशंशा के सी २०१८ को वाई वाई ग्लोकल टीन हीरो बिजेता हुन् ।

देशका बिभिन्न भेगमा नबिन्तम सिप र प्रभाबका किशोर किशोरी माझमा ग्लोकल टिन हिरोको अवसरको जानकारी पुर्याउने उदेश्यका साथ यो वर्ष पनि ग्लोकल प्रालीले नेपालको पुर्वी भेगवाट एक्टिभेशन शुरु भएको छ । जानकारी पुर्याउने उदेशयले पुर्वको प्रान्त १ का तल उल्लेखित १६ स्कुलमा ३००० भन्दा वढि किशोर किशोरी माझ ग्लोकल प्रालि पुगेको छ ।
- ondary School.
- Dhankuta – Gokarneshwor Uchha mavi School and Deep English School.
- Dharan – Merry land English Boarding School, Eureka Higher Secondary School and Nepal Police School.
- Itahari – Modern Prepratory Boarding School.
- Bhadrapur – Bibhuti Vidhya Mandir English Higher Secondary School and Bhadrapur Higher Secondary School.
- Damak – Himalaya Secondary School.
- Surunga – Kankai Higher Secondary School.
- Birtamod – Newton’s Education Foundation.
- Fikkal – Everland International Academy.
- Illam – Adarsha Higher Sec
- Biratnagar – Koshi vidhya Mandir School, Namuna Vidhya Mandir School and Paragon Academy Higher Secondary school.
स्कुल एक्टिभेसन बाहेक ग्लोकल प्रालीले बिभिन्न युवा क्लब Youth for Social transformation, Damak Youth Club संग पनि अन्तक्रिया गरेको छ ।
एक्टिभेसनकै दौरानमा बिराटनगरका मेयर भिम पराजुली तथा दमक नगरपालिकाका उपमेयर गिता माया अधिकारी संग पनि ग्लोकल प्राली अन्तक्रिया गर्दै अझ बढि किशोर किशोरी माझको अवसर पुर्याउने प्रतिवद्धता लिएको छ ।

यस्ता एक्टिभेसन र अन्तरक्रिया कार्यक्रम लिएर ग्लोकल टिन हिरो नेपालका बिभिन्न प्रान्त तथा सहरमा पुग्दैछ । वाई वाई ग्लोकल टिन हिरो नेपाल २०१९का लागि साउन १५ गते सम्म निːशुल्क आवेदन www.glocalteenhero.com मार्फत भर्न सकिन्छ ।



